निबन्ध लेखन र चित्रकला प्रतियोगिता

1237
views

पोखरा, ५ फागुन । पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भू.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा.वि.को आयोजनामा आईतबार विद्यालयमा माध्यमिक तह र आधारभुत तहमा गरि दुई तहमा निबन्ध लेखन प्रतियोगिता र आधारभुत तहमा चित्रकाला प्रतियोगिता सम्पन्न गरिएको हो ।

माध्यमिक तह कक्षा ९ देखि १२ सम्मको लागि “नेपाल भ्रमण बर्ष २०२० का अबसर र चुनौती” बिषयक र आधारभुत तह कक्षा ६ देखि ८ सम्मको लागि “पोखरामा पर्यटनको सम्भावना र चुनौती” बिषयक निबन्ध लेखन प्रतियोगिता गरिएको भू.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा.वि.का सदस्य एवं कार्यक्रम संयोजक सन्तोष अधिकारीले जानकारी दिए । आधारभुत तह कक्षा १-५ सम्मका लागि खुल्ला चित्रकला प्रतियोगिता गरिएको थियो ।

माध्यमिक तहको निबन्ध लेखनमा १० जना, आधारभुत तहको निबन्ध लेखनमा १६ जना र चित्रकलामा १० जना गरि ३६ जना विद्यार्थी प्रतियोगितामा सहभागि भएको संयोजक अधिकारीले जानकारी दिए । बिद्यालयले आन्तरिक मुल्याङ्कन गराई प्रतियोगितामा सहभगि हुने बिद्यार्थी छनोट गरेको थियो ।

दुबै प्रतियोगिताका नतिजा विद्यालयको बार्षिक उत्सवको अबसर पारेर फागुन १७ गते घोषणा गरिने छ भने प्रथम, दित्तिय, तृतिय र सान्त्वनालाई नगद पुरस्कार प्रदान गरिने भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा। बि। का अध्यक्ष नबराज अधिकारीले जानकारी दिए । नेपाल सरकारले यतिबेला नेपाल भ्रमण बर्ष २०२० मनाई रहेको सन्दर्भलाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई पनि भ्रमण बर्षको महत्व र पर्यटनको बिषयमा थप जागरुप बनाउन भ्रमण बर्ष र पर्यटनसंग संम्बन्धित बिषय छनोट गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

आनन्द ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थीबिच एकता, सहकार्य र भाईचारा अभिबृद्दी गराउने उदेश्यका साथ स्थापना भएर एक महिना पहिला मात्रै जिल्ला प्रसाशन कार्यालय कास्कीमा आधिकारीक रुपमा दर्ता भएको मञ्चले आगामि दिनमा पनि बिद्यालयमा यस्तै शैक्षिक र रचनात्मक कार्यक्रम संचालन गर्ने अधिकारीको भनाई छ ।