चीनबाट ल्याइएका कसैमा संक्रमण छैन

810
views

काठमाडौं, ७, फागुन । चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपाली नागरिकमा संक्रमण नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी स्वास्थ्य परीक्षणमा नोवेल कोरोना भाइरस (कोभीड १९ ) नभेटिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सचिव खगराज बरालले क्वारेन्टाइनमा बसेका नेपालीहरुमा कोरोना भाइरस नभेटिएको र अभिभावकहरु चिन्तित हुनु नपर्ने बताए ।

झक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा उनीहरुको नाक र घाँटीबाट स्वावको स्याम्पल लिएर परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ पाइएको पत्रकार सम्मेलनमा जनाइएको छ ।