यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

1107
views

काठमाडौं । ७० ओं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाईएको छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिएको छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण तथम नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ ।