सञ्चारमन्त्रीको राजीनामा माग, राष्ट्रियसभा अवरुद्ध

590
views

काठमाडौं, ८, फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसन प्रकरणको अडियो सार्वजनिकपछि सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गर्दै तत्काल छानविन समिति गठन गगर्न माग गरे ।

यो विषयको टुंगो नलागेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने उनले चेतावनी दिएका छन् । लगतै कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएर बैठक अवरुद्ध गरेका छन् ।

अब अर्को बैठक फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।