बास्कोटाको राजीनामा स्वीकृत, मन्त्रालयको जिम्मा खतिवडालाई

475
views

काठमाडौं, ८, फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएसँगै सो मन्त्रालयको जिम्मा डा. युवराज खतिवडालाई जिम्मा तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।