सुर्खेतमा दुई लाख घूस रकमसहित प्राविधिक पक्राउ

384
views

सुर्खेत ९,फागुन । सुर्खेतमा एकजना प्राविधिकलाई दुइ लाख घुस रकमसहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।

भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले भेरीगंगाको मदाने चौरबाट पक्राउ गरेको सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

यसबारे थप जानकारी आउन बाँकी रहेको सापकोटाको भनाइ छ। केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको काम सकेवापत घुसमागेको आयोगले जनाएको छ ।