सरकारको मुख्य प्राथमिकतामा तीनवटा निर्वाचन–प्रधानमन्त्री देउवा

555
views

काठमाण्डौ, २५, जेठ । सरकारको मुख्य प्राथमिकतामा तीनवटा निर्वाचन रहेका छन् । नेपाल विद्यार्थी संघद्वारा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
नेविसंघले राखेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिनुभएको हो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन र अरु निर्वाचनमा पार्टीभित्र हुने अन्तर्घात रोक्न युवा विद्यार्थीको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै काँग्रेसलाई जिताउन नेविसंघले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।