भ्रष्टाचार काण्डमा प्रधानमन्त्रीको संलग्नता छ–भट्टराई

3640
views

पर्वत, १०, फागुन । । समाजावदी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेक्युरीटी प्रेस मेसिन खरीद, वाईडबडी, एनसेल लगायतका ठूला भ्रष्टाचार काण्डहरुमा प्रधनमन्त्रीको संलग्नता रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले शनिवार पर्वतमा समाजवादी पार्टी जिल्ला समन्वय समिति पर्वतले थालेको संगठन विस्तार तथा सुदृढिकरण अभियानको उद्घाटन गर्दै गोकुल बाँसकोटा एक्लैले भ्रष्टाचार गर्न नसक्ने भन्दै प्रधानमन्त्रीकै सेटिङमा भ्रष्टाचारको तारतम्य मिलेको बताए ।

उनले आफु प्रधानमन्त्री हुँदा भ्रष्टाचार नभएको बताउँदै सरकार भ्रष्टाचारमा उद्धत भएको बताउँदै भने ‘प्रमले माथि फर्केर थुक्नु भो थुक आफ्नै मुखमा पर्यो, उहाँ अलिक अस्वस्थ्य हुनुहुन्छ मैले यहाँभन्दा बढी बोले भने भोली पश्चाताप हुनसक्छ ।’

उनले मुलुकमा संघीय गणतन्त्र स्थापनापछि ऐजेण्डा फेरिएको बताउँदै काँग्रेस र कम्युनिष्टको मात्रै नभई संघयिता, शुसासन, समृद्धि र समाजवादका लागि समाजवादी पार्टी विकल्प रहेको बताए ।

कार्यक्रममा बोल्दै डा. भट्टराईले बर्तमान बहुमतको सरकार ओराली लागेको बताउँदै बर्गिय, जातिय, लैङ्गिक समानता सहतिको उन्नत लोकतन्त्रमा आधारीत समाजवाद स्थापनाका लागि हिमाल पहाड र तराईले बनेको नेपालको समृद्धिको लागि समजवादी पार्टीले देशैभर संगठन विस्तार एवं सुदृढीकरण (विसु) अभियान सञ्चालन गरेको जानकारी दिए ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य निर्मल जिसीको अध्यक्षता याम बहादुर चोचाङ्गी पनको स्वागत एवं ओम बहादुर भण्डारी –गोपाल) को सञ्चालनमा भएको उक्त अभियानको उद्घाटन कार्यक्रममा समाजवादी पार्टीका केन्द्र, प्रदेश एवं जिल्ला तहका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

अभियान उद्घाटन कार्यक्रममा सत्तारुढ नेकपाका जिल्ला सचिवालय सदस्य ढाकाराम गौतम ‘सन्देश’को नेतृत्वमा काँग्रेस र नेकपाबाट एकसयभन्दा बढी नेता कार्यकर्ताहरु विद्रोह गरी समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

पार्टीमा प्रवेश गर्ने नेता कार्यकर्तालाई डा. बाबुराम भट्टराईले स्वागत एवं सम्मान गर्दै पुराना साथीरुसँग पूर्नमिलन भएको बताए ।

पार्टी प्रवेश गर्दै नेता ढाकाराम गौतम ‘सन्देश’ले सत्तारुढ कम्युनिष्ट पार्टीका भ्रष्टाचारी नेताहरुको साक्षी बन्न नसक्दै समुन्नत राष्ट्र निर्माणका लागि समाजवादी पार्टीमा प्रवेश गरेको बताए ।

गौतमले नक्कली कम्युनिष्टहरुको हातमा सत्ताको चाबी परेको र ईमान्दारहरु भ्रष्टाचारीहरुको साक्षी बन्नुपरेको भन्दै नेकपामा रहेका ईमान्दार नेता कार्यकर्तालाई विद्रोह गरी समाजावदी पार्टीमा प्रवेश गर्न आग्रह गरे ।