बैतडीको धुरामा जिप दुर्घटना दुईजना  गम्भीर घाइते

569
views

  बैतडी ११, फागुन  ।  बैतडीको धुरामा जिप दुर्घटना भएको छ हुँदा दुईजना घाइते भएका छन्।

पाटन नगरपालिका–३ बोहरीगाउँवाट डडेल्धुरा जाँदै गरेको से १ ज २१३ नम्बरको जिप आइतबार बिहान २ बजे धुरामा दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक पाटन–८ का २३ वर्षीय लोकेश मडै र २६ वर्षीय गणेश महरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते दुवैको डडेल्धुरामा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरी निरीक्षक चन्दले बताए।

जिप सडकबाट २०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। जिपमा दुईजना मात्रै रहेको बताइएको छ।