एमसीसी विरोधीलाई ठेगान लगाउँदै ओली सरकार

662
views

रणसुर महतरा
काठमाडौं, १३, फाल्गुन । देशका लागि राष्ट्रघातका रुपमा मानिएको एमसीसी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता जलाउन खोज्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलवार नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित ३ जनालाई पक्राउ गरेको हो ।

काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी सम्झौता जलाउने क्रममा केन्द्रिय अध्यक्ष गजुरेल, केन्द्रिय सदस्य सुलब वैद्य र पोखरा विश्व विद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जगत शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

एमसीसी सम्झौता, भारतीय पक्षबाट भएको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधिनता लगायतको पक्षमा काठमाडौंमा निकालिएको शान्ति र्याली पछि कोण सभा गरेर एमसीसी सम्झौता जलाउने क्रममा प्रहरीले धरपकड गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको छ । अखिल क्रान्तिकारीले मंगलबार शान्तिबाटिका, बागबजार, प्रदर्शनी मार्ग हुँदै आरआर क्याम्पस गेट अगाडि कोण सभा गरेको थियो ।