शान्दार कम्प्युटर मोटरसाइकल टीभीएस रेडियन सार्वजनिक

894
views

टीभीएस मोटर्सले गत अगस्टमा भारतमा शान्दार कम्प्युटर मोटरसाइकल टीभीएस रेडियन सार्वजनिक गर्‍यो । शक्तिशाली इन्जिन र आकर्षक लुक्सका कारण रेडियन छोटो समयमै भारतीय ग्राहकमाझ लोकप्रिय बन्न सफल भयो । रेडियनमा १०९.७ सीसीको इन्जिन छ। यो इन्जिनले ८.२ बीएचपी शक्ति र ८७ एनएम टर्क उत्पादन गर्छ ।

११० सीसी सेगमेन्टको मोटरसाइकल रुचाउने ग्राहकका लािग टीभीएस रेडियन बजारमा ल्याइएको हो। रेडियनको मूल्य ४८ हजार ४०० भारु तोकिएको छ । यसअघि नै कम्पनीको उक्त सेगमेन्टमा स्पोर्ट, स्टार सिटी र भिक्टर बजारमा उपलब्ध छ ।

टीभीएस रेडियनलाई कम्पनीले साधारण डिजाइनमा प्रस्तुत गरेको छ। यसको डिजाइनले हिरो स्पेन्डरको जस्तै छ। कम्पनीले स्पेन्डरको डिजाइनबाट प्रेरित भएर रेडियन तयार गरेको हो ।

मोटरसाइकलको अघिल्लो भागमा सिम्पल हेडल्याम्प प्रयोग गरिएको छ। जसमा आकर्षक एलईडी डेटाइम रनिङ लाइट्स छ। यसका साथै टर्न इन्डिकेटर्स पनि लगाइएको छ ।

यस मोटरसाइकललाई प्रिमियम लुक्स प्रदान गर्न डुअल टोनको प्रयोग गरिएको छ । यसका साथै साइड प्रोफाइलमा कम्पनीले ब्ल्याक कलरको फाइबर ट्यांक प्याडस र भुरे रङ सिटमा प्रयोग गरिएकाले मोटरसाइकलाई प्रिमियम टच प्रदान गरेको छ ।

टीभीएस मोटरसाइकललाई आकर्षक देखाउन यसको डिजाइनमा विशेष फोकस गरिएको छ। यसको साइड प्यानलमा आकर्षक ग्राफिकको प्रयोग गरिएको छ । मोटरसाइकलको इन्जिनमा कम्पनीले गोल्ड सेड पेन्ट गरेको छ ।

टीभीएस रेडियनमा कम्पनीले म्याटे ब्ल्याक कलरमा अलो ह्विलको प्रयोग गरेको छ। यसमा कम्पनीको ड्याराग्रिप सिरिजको टायरको प्रयोग गरिएको छ । मोटरसाइकलको पछिल्लो हिस्सामा कम्पनीले शान्दार टेल ल्याम्प दिएको छ । क्लियर लेन्ससहित टर्न इन्डिकेटरले मोटरसाइकलको सुन्दरतालाई अझै परिष्कृत गरेको छ । यस मोटरसाइकलमा कम्पनीले क्रोमलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको छ । मोटरसाइकलको साइलेन्सरमा दिइएको क्रोम पेन्ट्सले यसलाई थप सुन्दर बनाएको छ ।

टीभीएसको रेडियनमा १०९.७ सीसीको दमदार एयर कुल्ड, सिंगल सिलेन्डरयुक्त इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले ८.२ बीएचपी शक्ति र ८.७ एनएम टर्क उत्पादन गर्छ । यो इन्जिन टीभीएसको स्टार सिटी प्लसमा पनि प्रयोग गरिएको छ ।

कम्प्युटर सेगमेन्टको मोटरसाइकलमा इन्जिन आउटपुटभन्दा इन्जिनद्वारा उत्पादन हुने टर्क र इन्धन खपतले ग्राहकलाई आकर्षित गर्छ । यसले ६९.३ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । यो मोटरसाइकल सहरी तथा ग्रामीण दुवै क्षेत्रका लागि उपयोगी छ । यसका १० लिटरको फ्युल ट्यांक छ ।

कम्प्युटर सेगमेन्टको मोटरसाइकल भएकाले यसको स्पिड पनि उत्कृष्ट छ। यसले ८ सेकेन्डमा ६० किलोमिटर प्रतिघण्टाको गति छुन सक्छ। अधिकतम स्पिड ९० किलोमिटर प्रतिघण्टा छ । यसका साथै मोटरसाइकलले धेरै आवाज पनि निकाल्दैन ।

मोटरसाइकलको राइडिङ तथा ह्यान्डलिङ पनि उत्कृष्ट छ । उच्च ट्राफिकमा पनि मोटरसाइकलको पर्फर्मेन्स पनि बेहत्तर छ। मोटरसाइकलको अघिल्लो भागमा टेलिस्कोपिक सस्पेन्सन र पछिल्लो भागमा हाइड्रोलिक शोकरको प्रयोग गरिएको छ ।

खाल्टाखुल्टी सडकमा पनि मोटरसाइकल बिनारुकावट सहज गुड्छ। मोटरसाइकलमा प्रयोग गरिएको कुशनले चालकलाई आरामदाही राइडिङको अनुभूति प्रदान गर्छ।

मोटरसाइकलको कुल तौल ११२ किलोग्राम छ। कम तौलका कारण खराब सडकमा तीव्र गतिमा मोटरसाइकल चलाउँदा उफ्रिन्छ ।

कम्प्युटर सेगमेन्टको मोटरसाइकल भएकाले यसमा धेरै फिचर थप गरिएको छ । यसमा कम्पनीले एनालग इन्स्टु«मेन्ट क्लस्टरको प्रयोग गरिएको छ । साथै स्पिडोमिटर र फ्युल गेज पनि राखिएको छ । कम्पनीले यस मोटरसाइकलमा एसबीटी ९सिक्ट्रोनाइड ब्रेकिङ टेक्नोलोजी० को प्रयोग गरेको छ ।

यो प्रविधिले तीव्र गतिमा पनि मोटरसाइलकलाई सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछ । यो मोटरसाइकल ह्वाइट, म्याटे ब्ल्याक, गोल्डेन बिज र रोयल पर्पल कलरमा उपलब्ध छ ।