सचिन तेन्दुल्कर र विराटको नाम ट्रम्पले गलत उच्चारण गरेपछि

455
views

नयाँदिल्ली । भारत भ्रमणको पहिलो दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय क्रिकेटर र बलिउड बारे प्रशंसा गर्दा अधिकांश सहभागीले तालीको गडगडाहट दिए ।

तर केही बेरमै सामाजिक सञ्जाल तात्यो । कारण थियो, ट्रम्पको गलत उच्चारण । अहमदाबादस्थित मोटेरा स्टेडियमबाट ‘नमस्ते ट्रम्प’ कार्यक्रममा बोल्दा उनले सचिन तेन्दुल्कर र विराट कोहलीको नाम लिएका थिए ।

इंग्याल्याण्डमा पूर्व क्रिकेटर केभिन पिटर्सनले ट्रम्पको गलत उच्चारणको भिडिओलाई केही बेरमै भाइरल बनाइदिएका थिए । केभिनले ट्रम्पको उच्चारणलाई व्यंग्य गर्दै केही बेरमै ट्रोल बनाइदिएका थिए ।

बेलायती टिभी प्रस्तोता पिएर्स मोर्गनलाई ‘मेन्सन’ गर्दै उनले ट्रम्पमाथि व्यंग्य गरेका हुन् । यस्तै न्युजल्याण्डमा क्रिकेटर जिम्मी निशामले समेत अप्रत्यक्ष रुपमा ट्रम्पलाई जिस्क्याउँदै ट्वीट गरेका थिए ।

ट्रम्पले मन्तब्यको क्रममा सोमबार भनेका थिए, ‘यो त्यस्तो मुलुक हो, जहाँका जनता संसारकै सबैभन्दा ठूला क्रिकेटर सचिन तेन्दुल्करदेखि विराट कोहलीसम्मको जयजकार गर्छन् ।’ तर उनले सचिनलाई ‘सुचिन टेन्डोल्कर’ र विराटलाई ‘विरट कोली’ भनेका थिए ।

ट्रम्पले सचिन र विराटको नामको गलत उच्चारण गर्दा सहभागीमाझ हाँसो गुन्जियो । साथै स्टेजमै रहेका प्रधानमन्त्री नरेन्द्र मोदी समेत मुस्कुराउँदै थिए ।