सरकारी मोटरसाइकल सिक्ने काममा प्रयोग

789
views

गोरखा, १४, फागुन । कार्यालयसम्बन्धी काममा प्रयोग गर्न सरकारी ढुकुटीबाट खरिद गरिएको मोटरसाइकल सिक्ने काममा दुरुपयोग गरेको पाइएको छ । सरकारी कार्यालयको स्वामित्वमा रहेको ग १ ब ५०१ नम्बरको सेतो नम्बर प्लेटको मोटरसाइकल गत मंगलबार दिनभरि हरमटारीस्थित रङ्गशालामा सिकिरहेको फेला परेको हो ।

सो मोटरसाइकल कुन सरकारी कार्यालयको हो भन्ने बारे भने खुल्न सकेको छैन। सवारी साधन चलाउन प्रतिबन्धित खेलमैदानमा बिनाहेलमेट एकजनाले दिनभरि सरकारी मोटरसाइकल सिकेको स्थानीयले जानकारी दिए ।

उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सरकारी काममा प्रयोग गर्नुपर्ने मोटरसाइकल सिक्ने काममा प्रयोग गरिएकाले सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही हुनुपर्छ ।’