माफ गर बहिनी ! प्रधानमन्त्रीको जन्मदिनमा केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन

1873
views

सुर्खेत, १४,फागुन ।  यहि देशमा कसैलाई  जन्मदिमा, जन्म उत्सबमा हेलिकपटर उडाइन्छ लाखौ बजेट खर्च हुन्छ जन्मेको उत्सबमा तर यहि देशका नागरिक कुनै दुर्घटना विरामी परेर मर्ने अबस्थासम्म पनि उपचार पाउदैनन् राज्य नै अन्धो छ ।

यहाँ हुनेखानेहरु रमाउने र हुदा खानेहरुका दिनहरु कहिलेहि आएनन् । बाच्ने रहर हुदा हुदा पनि राज्य सुन्दैन मुखमा ताला,आखाँमा पटिट र कानमा बुझो हालेर बसेको हुन्छ । दुर्घटनामा परेका समयमा उपचार पाउँदैनन्, कोही ठुलै रोगबाट ग्रहसति भएर र आर्थिक अबस्था कमजोर भएर उपचार नपाएर मर्नुपर्ने बाध्यता हुन्छ । 

यहि देशमा कोहि आफनो जन्मोत्सबमा रमाउने । कसैलाई समयमा उपचार नपाएर मर्नुपर्ने आफनो आफन्तलाई गुमाउनुपर्ने । त्यस्तै भएको छ सल्यानको शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको निधन पश्चात घरमा रुवावासी चलेको छ ।

एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट लडेर गम्भिर घाइते भएकी शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुन नसक्दा निधन भएको हो ।

आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गरेका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उद्धार हुन नसकेको र अन्ततः ज्यानै गुमाउनु परेको भन्दै गौतमले लेखेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।’

तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।

उनले समाजिक सञ्जालमा लेखेका छन्

उनी मेरी फुपुकी छोरी बहिनी,
गत फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते भएकी शानपा–८ सल्यानकी २१ वर्षीय कल्पना आचार्यको उपचार काठमाडौँमा मात्र सम्भव भएको र उनलाई हेलिकप्टरबाट मात्र उद्धार गर्न सकिने सल्यान अस्पतालका डाक्टरहरुले सिफारिस गरे । एम्बुलेन्सबाट उद्धार गर्दा बाटोमै मृत्यु हुन सक्ने डाक्टरहरुको भनाइ थियो ।

यो परिस्थितिको सृर्जना पछि शानपा प्रमुख, प्रदेशका मन्त्री, प्रदेश सभासद, प्रमुख जिल्ला अधिकारी, केही सामाजिक कार्यकर्ता लगायतले हेलिकप्टरबाट उद्धारको प्रयास गरे ।

प्रयासस्वरुप सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले उद्धार खर्च ब्यहोर्ने सहमती भयो । कागजको ओहोर दोहोर र कागजले काठमाडौँ, सुर्खेत सल्यानको फन्को लगाउदै गर्दा बिरामी रुखबाट लडेको करिव नौ घण्टा बितिसकेको थियो ।

कागजी प्रक्रिया पूरा गरि गृहमन्त्रालयमा पुगेको केही समयपछि मन्त्रालयले भनिदियो, ‘अहिले हेलिकप्टर उडाउन सकिँदैन ।’

हेलिकप्टरबाट छोरीको उद्धार गरि छोरीलाई निको बनाउने अभिलाशा राखेका घाइतेका बा, आमा, नातागोता मन्त्रालयको यो जवाफले निराश भए र रुख बाट ल्डेको करिव १८ घण्टा पछि राति कल्पनाको दुःखद निधन भयो ।

बिडम्बना !
सबैले चाहदाचाहदै, बच्ने सम्भावना रहँदारहँदै पनि राज्यले एउटा नागरिक बचाउन सकेन । राज्यका अङ्गहरु परिचालित हुँदाहुँदै पनि एउटा मिसन पुरा हुनसकेन ।

तत्काल र निरन्तर गर्नुपर्ने कुरामा पनि हाम्रो राज्य सम्यन्त्र किन प्यारालाइज्ड देखिन्छ र यी कागजी प्रकृया र भनसुनबाहेक नागरिकले तत्काल सेवा पाउने अर्को संयन्त्र तयार गर्नुपर्ने हो कि ? राज्य संयन्त्र निर्देसित मात्र देखियो, यसलाइ उत्तरदायी र मानवीय बनाउन ढिलो हुँदै छ कि ? तिमी यस्तो देश मा जन्म लिएकी थियौ जहाँ केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । माफ गर बहिनी ।

हार्दिक श्रद्धाञ्जली बहिनी ।
तिम्रो आत्माले शान्ति पाओस् ।