नागरिकता कानूनको पक्ष र विपक्षमा भएको हिंसामा २० को मृत्यु

626
views

काठमाडौं, १४, फागुन । भारतको राजधानी नयाँ दिल्लीमा दशकौं यताको सबैभन्दा खराब हिंसा भएका छन् । नयाँ नागरिकता कानूनको पक्ष र विपक्षमा सुरु भएको प्रदर्शन हिंसाको रुपमा लिएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त हिंसामा कम्तिमा २० जनाको मृत्यु भइसकेको छ । नागरिकता कानूनको पक्ष र विपक्षमा महिनौंदेखि प्रदर्शन हुँदै आएपनि दुबै पक्षबीच आइतबार भिड्न्त सुरु भएको थियो । लगत्तै उक्त भिडन्त साम्प्रदायिक रुप लिन पुगेको बीबीसीले जनाएको छ ।

हिंसामा एक प्रहरी जवानको समेत मृत्यु भएको छ । अन्य १९ सर्वसाधारण छन् । प्रदर्शनको क्रममा प्रहरीसहित १५० बढी मानिस घाइते भएका छन् ।

हिंसाले साम्प्रदायिक रुप लिएपछि पसल तथा घर जलाइएका छन् । लाठी र ढुङ्गा बोकेको भिड हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन् । सञ्चारकर्मीमाथि पनि आक्रमणका घटना सार्वजनिक भएको छ । हिंसाको दृश्य नखिच्न चेताबनी दिइएको छ ।