७ बैशाख २०८१, शुक्रबार

वालमैत्री सूचक पुरा नगरी वडा घोषणाको तयारीमा वडा अध्यक्ष

1224
views

ठाकुर रसाईली
पर्वत, १४, फागुन । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुमा तयारी नै नपुगी बालमैत्री शासनयुक्त विद्यालय, समुदाय र टोल घोषणा भैरहेको भन्दै सरोकारवालाहरुले बिरोध जनाएका छन् । बालमैत्री सूचक पुरा नगर्दै वडाले वालमैत्री घोषणा गर्न हतारो गरेको शिक्षाबिद र विद्यालयका प्रधानाध्यापकहरुले चासो देखाएका हुन् ।

बालमैत्री स्थानीय शासन ऐनमा विभिन्न ३९ वटा सुचक हुनुपर्ने प्राबधान भएपनि वडाले केही सुचकलाई मात्रै आधार मानेर बालमैत्री घोषणा गरेको नेता अशोक उच्चै ठकुरीले आरोप लगाउनुभयो । उचैले वडाका प्रतिनिधी चर्चामा आउनका लागी न्युनतम सुचक नै पुरा नगरी वडाका विभिन्न टोललाई बालमैत्री घोषणा गरेको बताउनुभयो ।

उचैले मात्रै हैन चिसापानी आधारभुत बिधालयका प्रधानाध्यापक हरी कुमारी शर्माले पनि आफ्नो विद्यालय पनि बालमैत्री घोषणा भएपनि न्यूनतम सूचक पुरा नभएको स्विकार गर्नुभएको छ । शर्माले फर्निचर, अपांग मैत्री शौचालय, विद्यालयका अन्य भौतिक पूर्वाधार वालमैत्री नरहेको सुनाउनुभयो । बुद्ध प्राबिका शिक्षक राम शर्माले बालमैत्री हुन सबै सुचक पूरा नभएको नभएको तर वडाको सिफारिसमा वालमैत्री घोषणा गर्न बाध्य भएको जानकारी दिनुभयो । आफुहरु वालमैत्री शासनले चित्त बुझाउने आधार नरहेको शर्माले बताउनुभयो ।

सरस्वती प्राबिका शिक्षक डोलराज शर्माका अनुसार पनि सबै सुचक पूरा नभएपनी केहि सुचक पुरा भएकाले स्थलगत निरीक्षण नै गरेर हेर्न सकिने बताउनुभयो । यसविषयमा महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले यसवारेमा आफुलाई केही जानकारी नरहेको बताउनुभयो । त्यस्तै महाशिला गाउँपालिका शिक्षा शाखा कर्मचारी रमेश शर्माले पनि जनप्रतिनिधीलाई नै यसविषयमा सोध्न आग्रह गर्नुभयो ।

बालमैत्री स्थानीय सासन हचुवाको भरमा घोषणा नहुने भएकाले जनप्रतिनिधी प्रचारमुखी बनेको स्थानीय सरोकारवालाहरुले आशंका गरेका छन् । महाशिला ५ लुँखुदेउरालीका वडाध्यक्ष जीवन उचै ठकुरीले भने न्यूनतम सूचक पुरा गरेरै घोषणा गरेको दाबी गर्नुभएको छ । कुनै कमजोरी भए सच्चाउन र सच्चिन सकिने ठकुरीको भनाई छ । वडा अध्यक्ष ठकुरीले आफू मसिनो गरि यो बिषयमा लागेकोले कहिँकतै कमजोरी नरहेको जिकिर गर्दै यहि बैशाख भित्रनै वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा लगेको बताउनुभयो ।