मेलिना राईको स्वरमा रहेको ‘तिम्रो दिलको’ बोलको गीतको (भिडियो) सार्वजनिक

414
views

 काठमाडौं १५, फागुन ।  मेलिना राईको स्वरमा रहेको ‘तिम्रो दिलको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत भर्ने काम भने टीका भण्डारीले गरेका छन्। हरिशरण सायमीको एरेन्जमा रहेको गीतको भिडियो नेपालको पर्यटकीय स्थल कालिन्चोक र मुडेका विभिन्न स्थानमा छायांकन गरि निर्माण गरिएको छ।

गीतको दृश्य भने नमराज घिमिरेले खिचेका हुन्। लभ यु हमेशाबाट चलचित्रमा डेभ्यू गरेकी नायिका फिजा योञ्जन लामा र कलाकार सन्दीप सिग्देलको अभिनय रहेको भिडियोलाई ह्वाइट मिडियाले निर्माण गरेको हो।