दिल्लीहिंसामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

इलाकामा खटिए मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल

502
views

एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा नागरिक संशोधन कानूनको विरोध गर्दै भइरहेका हिंसात्मक प्रदर्शनमा अहिलेसम्म २७ जनाको ज्यान गएको छ । साम्प्रदायिक हिंसामा मानवीय हताहती बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई हिंसा भएका स्थानहरुमै खटाइएको छ ।

मुस्लिमलाई सीधै विभेद गर्नेगरी ल्याइएको भनिएको नागरिकता संशोधन कानूनको विरोधमा भारतमा महिनौंदेखि प्रदर्शन चर्किएको छ । विभेदकारी कानूनको विरोधमा हिन्दुहरुसमेत प्रदर्शनमा उत्रिएका छन्। तर नयाँदिल्लीको चित्र भने फरक छ । अहिले उत्तरपूर्वी दिल्लीमा हिन्दुवादी कट्टरपन्थी छवीको भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरुले स्थानीय मुसलमानहरुको घर तोडफोड गरिरहेका छन् भने मानिसहरुको समेत हत्या गरेका छन् ।

पछिल्लो विवादास्पद कानूनको विपक्षमा रहेका र मोदी सरकारप्रति वफादार हिन्दुवादी कार्यकर्ताहरुबीच ब्यापक झडपहरु भइरहेका छन् । मुस्लिम युवाहरुलाई भाजपाका कार्यकर्ताहरुले बीच सडकमा नाङ्गै पारेर घिसारिरहेको निर्मम दृश्यहरु सार्वजनिक भइरहेका छन् ।