विवाह खर्च कटाएर संघसंस्थालाई सहयोग

307
views

पर्वत, २६, जेठ । पर्वतका एक सुनचाँदी ब्यवसायी परिवारले विवाहको अवसरमा सामाजिक संघसंस्थहरुलाई सहयोग गरेका छन् । पोख्ररेल सुनचाँदी पसलका सञ्चालक हर्कवहादुर पोख्रेल र अप्सरा पोख्रेलका छोरा विकास विक्रम पोख्रेलले पर्वत मिलन क्लव, पर्वत व्याडमिण्टन संघ र नेपाल पत्रकार महासंघ पर्वतलाई आर्थिक सहयोग गरेका हुन् ।
पर्वत मिलन क्लवलाई २५ हजार, पर्वत व्याडमिण्टन संघलाई २० हजार र नेपाल पत्रकार महासंघलाई १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
विवाह वन्धनमा वाँधिएका विकास विक्रम पोख्रेलका दाजु विनोद विक्रम पोखरेलले विवाहमा हुने खर्च जोगाएर सामाजिक संघ संस्थालाई सहयोग गरिएको वताउनुभयो । विकासको विवाह पोखरा लेखनाथ नगरपालिका १ कि विन्दी गदालसंग भएको हो ।