पूर्वविद्यार्थीद्धारा विद्यालयलाई आठथान फिल्टर सहयोग

463
views

फागुन १५, पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा अवस्थित गहते अम्बोट आधारभूत विद्यालयका पूर्व विद्यार्थीहरुले सोही विद्यालयलाई फिल्टर सहयोग गरेका छन् । पूर्व विद्यार्थी एवम् शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष उपेन्द्र तिवारी र समाजसेवी दिपक तिवारीले संयुक्त रुपमा आठ थान फिल्टर सहयोग गर्नुभएको हो ।

विद्यालयको आवश्यकतालाई मध्ये नजर गदै फिल्टर वितरण गरिएको दिपक तिवारीले जानकारी दिनुभयो । उहाँले विद्यालयलाई आवश्यक सहयोग गदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । त्यस्तै अर्का सहयोगदाता उपेन्द्र तिवारीले विद्यालयको शैक्षिक गुणस्तरमा मद्दत पु¥याउने उद्देश्यले फिल्टर सहयोग गरेको बताउनु भयो । उक्त सामग्री विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिका प्रवक्ता एवम् सोही वडाका वडा अध्यक्ष टिकाराम गौडेलले साुमदायिक विद्यालयमा गहते अम्बोट आधारभूत विद्यालय नगरकै उत्कृष्ठ विद्यालय भएको दाबी गर्नुभयो । उहाँले फलेवास नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्नुृभयो । सहयोग प्रति विद्यालयका अध्यक्ष चेतनाथ कुवँरले विद्यालयप्रति पूर्व विद्यार्थीले देखाएको चासो उदाहरणीय रहेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणत्मक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले सवैको साथ र सहयोगले नै विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा विद्यालयलाई प्रदेशकै उत्कृष्ठ विद्यालयका बनाउने दावी गर्नुभयो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बाबूराम पौडेल, विद्यार्थी निमेश तिवारी, शिक्षक रमेश सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी रञ्जित तिवारी र शुभेक्षा शर्माले राख्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक मोती च्वाईले गर्नुभएको थियो ।