सीपी मैनाली गम्भिर दुर्घटनामा, काठमाडौं ल्याईँदै

712
views

काठमाडौं, १५, फागुन । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली दुर्घटनामा परेका छन् ।

झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग महोत्तरीको बर्दिवास नगरपालिका ३ मा ठोक्किएको थियो ।

मैनालीको टाउको, छाती लगायत भागमा चोट लागेको छ । उनलाई काठमाडौं ल्याउनको लागि हेलिकप्टर मगाइएको छ ।