इटहरी कांग्रेस सडक प्रर्दशनमा, काँग्रेसले मुल्य चुकाउनुपर्ने भन्दै विरोध

512
views

ईटहरी, २६ जेठ, इटहरी । इटहरीका काँग्रेस कार्यकर्ता सडकमा उत्रिएका छन् । नेपाली कांग्रेसले इटहरी उप महानगरपालिकाको मेयरमा रोहित प्रसाईलाई उम्मेदवार बनाएपछि काँग्रेस कार्यकर्ता सडकमा उत्रिएका हुन् ।
मेयरका दाबेदार हेमकर्ण पौडेलका कार्यकर्ताले टिकट नपाएपछि सडकमा उत्रेर विरोध प्रदर्शन गरेको उनीहरुको भनाई छ ।
उम्मेदवार छनौट कार्यदलले विहीबार अपरान्ह देउवा पक्षधर मानिने प्रसाईलाई इटहरी उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । इटहरी उपमहानगरपालिकाको मेयरका आकांक्षीमा इटहरी नगर सभापति हेमकर्म पौडेल मुख्य दाबेदारका रुपमा देखिएका थिए ।कार्यदलले प्रसाईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल समर्थकले निर्णय तत्काल सच्याउन कार्यदललाई चेतावनी दिएका छन् । रामचन्द्र पौडेल पक्षधर मानिने पौडेललाई मेयरको उम्मेदवार नबनाएको खण्डमा पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने विरोधमा उत्रिएका काँग्रेस कार्यकर्ताले जनाएका छन् । त्यस्तै नेविसंघका २ नम्बर क्षेत्रीय सभापति टंक दाहालले पनि पार्टीले निस्क्रिय मान्छेलाई उठाएर पार्टीलाई हराउन लागेको आरोप लगाए ।