साविक लेखनाथका पूर्व जनप्रनितिधिद्वारा विरोध

643
views

पोखरा, १५ फागुन । साविक लेखनाथका पूर्व जनप्रतिनिधिले साविक नगरपालिका कार्यालय भवन र जग्गामा बाल अस्पताल स्थापना गर्न खोजिएको भन्दै त्यसको विरोध गरेका छन् ।

पूर्व मेयर शालिग्राम पौडेल, उपमेयर गोपालमान गुरुङलगायत तत्कालिन बोर्ड सदस्य गरी १० जनाले हस्ताक्षरसहित पोखरा महानगरपालिकामा बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।

पूर्व उपमेयर गोपालमान गुरुङ, तत्कालित बोर्ड सदस्य राजेन्द्रमणि लामिछाने, दिननाथ ढकाल, एकनाथ कँडेल, नेपाली काँग्रेसका नेता मुरारी शर्मा, पोखरा २६ इकाइ सभापति कृष्णमोहन भट्टराई, सचिव विश्वराज पौडेलको टोलीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएको थियो ।

अस्पताल संचालन गर्ने निर्णय सच्याउन आग्रह गर्दै निर्णय बदर गराउनका लागि राजनीतिक पार्टी र संघसंस्थालाई अपिल गरिएको छ ।