नेकपा गडगडाएको हो, बबन्डर होईन–प्रचण्ड

547
views

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी गड्गडाएर अगाडि बढ्ने जात भएको बताउँदै बाहिर हल्ला आएजस्तो बबन्डर नभएको बताएका छन् ।

राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै उनले नेकपा विवाद, बहस आदि इत्यादि हुँदै गडगडाएर अगाडी बढेको बताए ।

उनले पार्टीलाई विघटन र विभाजन हुने अवस्था आउन नदिने धारणा राख्दै अध्यक्ष प्रचण्डले धेरै ठूलो दुःख र मुल्य चुकाएर कम्युनिस्ट पार्टीलाई देशमा अहिले यो अवस्थामा ल्याएको र धेरै रगत र पसिना, करौडौं जनताको आशा र अपेक्षा जोडिएको हुँदा कम्युनिस्ट पार्टी एक दशकसम्म नेतृत्व गर्न सक्षम रहने बताए ।

प्रचण्डले पार्टी कमजोर हुने, विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि एकढिक्का भएर अगाडि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।