भ्रमण वर्ष २०२० सफल पार्न सार्वजनिक सवारी साधनमा पर्यटकीय स्थल अंकित स्टिकिर

580
views

सुर्खेत  । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउँन सार्वजनिक सवारी साधानमा पर्यटकीय स्थल अंकित स्टिकिर टाँसिएको छ ।

प्रदेशको पर्यटन मन्त्रालयको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिद्वारा सञ्चालित सवारी साधनहरुमा कर्णालीका पर्यटकीय स्थलहरुवारे सूचना समावेश भएका स्टिकरहरु टासिएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डक्टर कृष्णप्रसाद आचार्यले पर्यटन प्रवद्र्धनमा यातायात व्यवसायीले उदाहरणिय कार्य गरेकोमा प्रंशसा गरे । उनले संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० र कर्णाली सरकारले शुरु गरेको घुमौ कर्णाली अभियानलाई प्रचारप्रसारले थप टेवा पुग्ने बताए ।

त्यस्तै प्रालि र प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य भएको छ । उक्त सहकार्यसँगै भ्रमण वर्षका लागि लोगो अंकित स्टिकरहरू प्रालिद्वारा सञ्चालित सवारी साधनहरूमा टाँसिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न लागिएको प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले जानकारी दिए ।

मन्त्रालयले प्रदेशका पर्यटन क्षेत्रहरुको विकास गर्न पर्यटन गुरुयोजना निर्माण गरिसकेकाले पूर्वाधार विकास आगामी दिनमा एकद्वारबाट बजेट खर्च हुने सचिव आचार्यले जानकारी दिए ।

कार्यक्रमको अवसरमा प्रालिले १० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ भने १० वटा सञ्चालनका लागि तयारी अवस्थामा रहेको जनाइएको छ । ‘प्रालिले भ्रमण वर्षलाई लक्षित गरी ९ करोड बराबरको लगानीमा यी बसहरु सञ्चालनमा ल्याएको छ’ अध्यक्ष सापकोटाले भने, ‘जोखीम मोलेरै भएपनि भ्रमण वर्षलाई सार्थक बनाउने योजनामा छौं ।’

भ्रमण वर्षलाई लक्षित गर्दै प्रालिद्वारा सञ्चालित सबै सवारी साधनहरुमा ‘नेपाल भ्रमण वर्ष २०२०’ र ‘यसपााली घुमौं कर्णाली’ को लोगो सहितका कर्णालीका पर्यटकीय स्थलहरुको स्टिकर टाँस्ने भएको छ ।

त्यस्तै प्रालिद्वारा सञ्चालन भएका सवारी साधनहरुमा यात्रुबाट लिएको प्रतिटिकट २ रुपयाँ सामाजिक सेवाको लागि छुट्याईने अध्यक्ष सापकोटाले बताए । ‘कुनैपनि यातायात प्रालिले सुचारु नगरेको विल्कुलै नयाँ अभियान सुरुवात गरेका छौं’ उनले भने, ‘यो दिर्घकालिन योजना भएकोले पनि थोरै रकम छुट्याएको हौं, केही समयपछि यसलाई बढाउने छौं’ उनले थपे, ‘यो अभियान शुक्रबारदेखि लागु हुनेछ ।’