जीप दुर्घटनामा १ जनाको मृत्यु, पाँच घाईते

526
views

सुर्खेत १६,फागुन । सुर्खेतमा आज बिहान भएको जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा परि गम्भीर घाइते भएका सिम्ता गाउँपालिका–९ निवासी २४ वर्षीया भुपाल खत्रीको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका–९ झुल्केस्थित नेपालगञ्जबाट जामुने बजार सुर्खेततर्फ आउँदै गरेको लु१ज ४०७९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकको बायाँ भित्तामा ठोकिएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘घाइते भएका चालक सिम्ताका २६ वर्षीयका जीवन पुन च्यापिएको अवस्थामा रहेकाले उद्धार गरी उपचारको लागि पठाइएकोमा हाल उनी बोल्न सक्ने अवस्थामा रहेका छन् ।’

दुर्घटनामा परेका जयबहादुर अधिकारी, सूर्यबहादुर रोकाय, ईश्वर गिरी र बिरुनाथ योगीको अवस्था सामान्य रहेको उनले बताए ।