चीनबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वभर ८३ हजारभन्दा बढीमा सङ्क्रमण

493
views

चीनबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वभर १३ सय ५८ नयाँसहित ८३ हजार ६ सय ५२ जना संक्रमित भएको नयाँ तथ्याङक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठनले बिहीबार सार्वजनिक गरेको तथ्याङकअनुसार चीनमा ३ सय ३२ जना नयाँसहित ७८ हजार ९ सय ६१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । त्यस्तै ४४ जना नयाँसहित चीनमा मात्र २ हजार ७ सय ९१ जनाको ज्यान गइसकेको छ ।

चीनभन्दा बाहिर ५ नयाँसहित ५१ देशका १ हजार २७ नयाँसहित ४ हजार ६ सय ९१ जनामा संक्रमणको पुष्टि भइसकेको छ । चीनभन्दा बाहिरका यी देशहरुमा हालसम्म १० नयाँसहित ६१ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्व विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वव्यापी तथा क्षेत्रीय रुपमा अति उच्च जोखिममा रहेको छ भने यो रोग विस्तारै अरु देशमा पनि फैलङ्गदै गएकाले विश्वव्यापी रुपमै सबैले सतर्क भने रहनुपर्ने भएको छ ।