न्युजिल्याण्डको क्राइष्टचर्चमा जारी दोस्रो टेस्टको पहिलो पारीमा भारत २ सय ४२ रनमा अल आउट

521
views

न्युजिल्याण्डको क्राइष्टचर्चमा जारी दोस्रो टेस्टको पहिलो पारीमा भारत २ सय ४२ रनमा अल आउट भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले राम्रो सुरुवात गर्न सकेन । ओपनिङमा आएका मायांक अग्रवाल ७ रन बनाएर आउट भए । कप्तान विराट कोहलीले पनि आफ्ना् खराब प्रदर्शनलाई निरन्तरता दिँदै ३ रनमा आउट भए ।

टिमका लागि हनुमा विहारीको ५५ तथा पुजारा र पृथ्वी शको समान ५४(५४ रनको योगदान रह्यो । िरशभ पन्तले यसपटक पनि जादू देखाउन सकेनन् । उनी १२ रन बनाएर आउट भए ।

अन्तिममा आएका मोहम्मद शामी र जसप्रित बुमराहले क्रमशस् १६ र १० रनको महत्वपूर्ण योगदान दिए ।

बलिङतर्फ काइल जेमिसनले पाँच, टीम साउदी र बोल्टले समान दुई(दुई तथा वाग्नले १ विकेट लिए ।

२४३ रनको लक्ष्य भेट्न न्युजिल्याण्डले जवाफी ब्याटिङ थालिसकेको छ भने सुरुवाती जोडीका रुपमा टम लाथम र टम ब्लण्डल क्रिजमा छन् ।