च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकाद्वारा भारत पराजित

550
views

लन्डन । इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले हराएको छ ।
लण्डनमा भारतले दिएको ३ सय २२ रनको चुनौती श्रीलंकाले खेलमा ८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो ।
श्रीलंकाको लागि कुशल मेन्डिसले सर्वा्धिक ८९ रन जोड्दा धनुष्का गुनतिलकाले ७६ रनको योगदान दिए ।
यसैगरी एन्जेलो म्याथ्युजले अविजित ५२ रन तथा असेला गुनरत्नेले अविजित ३४ रन जोडे । कुशल परेराले रिटायर्ड हर्ट हुनुपूर्व ४७ रन जोडेका थिए ।
यसअघि खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रन जोडेको थियो ।
भारतका शिखर धवनले १ सय २५ रनको शानदार ईनिङ खेल्दा रोहित शर्माले ७८ रन तथा महेन्द्र सिंह धोनीले ६३ रनको योगदान दिए । श्रीलंकाको यो जितसँगै समूह बी बाट सेमिफाईनल प्रवेशको सम्भावना निकै रोचक बनेको छ ।
समूहका सबै चार टोली भारत, दक्षिण अफ्रिका, श्रीलंका र पाकिस्तानको समान २–२ अंक भएको छ । अन्तिम खेलपछि जुनसुकै टोली सेमिफाईनलमा प्रवेश गर्न सक्नेछ । समूहको अन्तिम खेलमा भारत र दक्षिण अफ्रिका तथा पाकिस्तान र श्रीलंका भिड्नेछन् ।