सरकार एकपछि अर्को काण्डै काण्डमा मुछिदै गएको छ : महामन्त्रि खड्का

655
views

दैलेख १७,फागुन । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले नीतिगत र संस्थागत भ्रष्टाचार गरेको बताएका छन् ।

शुक्रवार  नेपाली कांग्रेस दैलेखद्धारा आयोजित प्रथम जिल्ला सम्मेलनमा खड्काले जनताको हक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका हुन् ।

महामन्त्रि खड्काले वर्तमान सरकाले सृजना गरेको डरलाग्दो परिस्थितीसँग सामना गर्न नेपाली कांग्रेसका लागि चुनौतीपूर्ण बनेको धारणा राखे ।

सरकार एकपछि अर्को गर्दै काण्डै काण्डमा मुछिदै गएको बताए । महामन्त्री खड्काले यसरि भने ‘मुलुक र जनतालाई अहित हुने गतिविधिहरुमा कांग्रेस चुप लागेर नबस्ने चेतावनि दिए ।’सरकारले गरेका गलत निर्णय र गतिविधिले जनतामा निराशा छाएको बताए । ‘

सम्मेलनमा नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण बिसीले राजनीतिक प्रतिवेदन, सचिव भुपेन्द्रबहादुर शाहीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कांग्रेसले अख्तियार सरकारको दबाव र प्रभावमा परेको तथा गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको दाबी गरे ।

अहिलेपनि आफुहरु चलाएको दाबी गर्दै आएको र आग्रह पूर्वाग्रह त्यागेर पार्टीलाई मजबुद बनाउनुपर्नेमा आफु लागि परेको बताए । ‘पहिला इमान्दारीताका साथ आफु सुध्रिनुपर्छ, उनले भने गलत प्रवृत्तिको विरोध गर्न खड्काले कार्यकर्तालाई निर्देशन समेत दिए ।