चुनावलाई प्राथमिकता दिन प्रधानमन्त्री देउवाको आग्रह

559
views

काठमाण्डौं, २६, जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनलाई भन्दा चुनावलाई प्राथमिकता दिन मधेसवादी दललाई आग्रह गर्नुभएको छ । देउवाले शुक्रबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भावना नभएको बताउनुभयो । देउवाले आन्दोलनरत मधेस केन्द्रित दललाई चुनावमा भाग लिन समेत आग्रह गर्नु भएको छ । प्रधामन्त्री देउवाले दोस्रो चरणको चुनावपछि संविधान संशोधन पास गराएरै छाड्ने विश्वास दिलाउनुभयो । सम्पूर्ण नेपालीको राष्ट्रिय हितका लागि दलहरुबीच सहकार्य गर्नुपर्नै समयमा संविधान संशोधनको अडचन नराख्न समेत आग्रह गर्नुभयो ।
सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण तराई मधेसमा स्थानीय तहको संख्या बढाउन आफूहरु तयार भएपनि अघि बढाउन नसकेको देउवाको भनाई थियो ।
सरकारको तीनै तहको चुनाव सम्पन्न गराउन सरकारको ध्यान केन्द्रित भएकोले चुनावपछि आर्थिक समृद्धि हासिल हुने प्रधानमन्त्रीको भनाई थियो । समावेशी, समानुपातिक ढंगले देश अगाडि बढ्न आवश्यक छ, ‘प्रतिपक्ष भनेको राज्यको अंग हो, यो छाया सरकार पनि हो’, उहाँले भन्नुभयो । तीन तहको चुनावपछि लामो समयदेखिको सक्रमण अन्त्य हुने र लोकतन्त्र थप बलियो हुनेमा आफु विश्वस्त रहेको देउवाको धारणा थियो ।