सुर्खेतमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको एकजना गम्भीर घाइते

431
views

सुर्खेत १९,फागुन वीरेन्द्रनगर नगरपालिकाको खजुरामा आइतबार बेलुका ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा वीरेन्द्रनगर–१० का ३३ वर्षीय यामबहादुर विक र ३२ वर्षीय खगेन्द्र विक रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनएको छ। उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो।

वीरेन्द्रनगर–८ का तुलबहादुर रामजाली गम्भीर घाइते भएको छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। मंगलगढी चोकबाट पिपिरातर्फ जाँदै गरेको भे १ त ८१७६ नम्बरको ट्रयाक्टरले भे ३ प ७४२ नम्बरको मोटरसाइकलाई आइतबार वीरेन्द्रनगर–१० खजुरामा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए ।

ट्रयाक्टर चालक भेरीगंगा नगरपालिका–५ का गोपी बुढालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।