एन्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दे सिटीले उपाधि उचाल्यो

590
views

एजेन्सी १९,  फागुन । लीग कपको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ।

आइतबार राति भएको खेलमा एन्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दे सिटीले उपाधि उचाल्यो। सर्जियो अग्युरो र रोड्रीले गोल गर्दै सुरुवातमै सिटीलाई अग्रता दिलाएका थिए।

खेलको ३० मिनेटभित्रै सिटीले खेलमा २–० को अग्रता बनाएको थियो। भिल्लाका मबवाना समताले ४१ औं मिनेटमा हेडमार्फत एक सान्त्वना गोल गरे। पहिलो हाफमा ३ गोल भएको खेलको दोस्रो हाफमा कुनै गोल भएन र त्यो नै सिटीका लागि उपाधि हात पार्न पर्याप्त भयो।

म्यान्चेष्टर सिटी यस बर्ष प्रिमियर लिगको उपाधि होडबाट लगभग बाहिरिसकेको छ। शीर्ष स्थानको लिभरपुल भन्दा सिटी २२ अंकले पछाडी छ।

सिटीले गत बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडलाई पराजित गरेको छ। त्यसको एक हप्ता नबित्दै रियलले ईएफएल कपको उपाधि उचालेको हो।