सुर्खेतमा प्रथम मेयरकप फुटबल प्रतियोगिता हुने

वीरेन्द्रनगरका १६ वडाका टिमले सहभागिता जनाउने

715
views

सुर्खेत, १९,फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यही चैत्र १ गतेदेखी प्रथम मेयरकप फुटबल प्रतियोगीता हुने भएको छ । जिल्ला फुटबल संघ सुर्खेतले आइतबार पत्रकार सम्मेलनमा प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ शुरुहुने प्रतियोगीतामा वीरेन्द्रनगरका १६ वडाका टिमले सहभागीता जनाउने भएका छन ।

वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल संघको आयोजना प्रतियोगिता सञ्चालन हुन लागेको संघका अध्यक्ष जनक बहादुर रावलले बताए ।

उहाँका अनुसार प्रतियोगिता सञ्चालनका लागि झन्डै चार लाख ७० हजार लागत लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई ३१ हजार पुरस्कारको व्यवस्था गरिएको रावलले बताए ।

विभिन्न पाँच वटा विधामा उत्कृष्ट खेलाडीलाई ५/५ हजारका दरले पुरस्कार वितरण गरिने छ्भने प्रत्येक दिन खेलमा राम्रो प्रदर्शन गर्नेलाई म्यान अफ द म्याच घोषणा गरेर दुई हजार पाँच सय उपलब्ध गराईने छ ।  संघका अध्यक्ष रावलले भौतिक संरचनाको अभावका कारण जिल्लामा खेलकुदका गतिविधिहरु सञ्चालन गर्न नसकेको बताए ।  

नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको बताउँदै आगामी बर्षदेखी वीरेन्द्रनगरसहित जिल्ला बाहिरपनि खेलकुदका गतिविधि सञ्चालन गरिने बताए ।

अध्यक्ष रावलले आगामी दिनमा विभिन्न खाल्का लिगहरुको आयोजनाकालागि स्थानिय सरकार र प्रदेश सरकारसंग समन्वय गर्ने बताए ।

जिल्ला फुटबल संघ सुर्खेतले आइतबार पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघले ईन्टरनेशनल फुटबल एकेडेमीलाई खेल साम्रगी वितरण गरेको छ । खेलाडीहरुलाई खेलकुदप्रति आकर्षण गर्ने उदेश्यले पोशाक वितरण गरिएको अध्यक्ष रावलले बताए ।