पश्चिमी पहाडमा मेघगर्जनसहित पानीपर्ने सम्भावना

881
views

काठमाडौं १९, फागुन । आज दिउँसो देशको मध्यका थोरै ठाउँ र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी भूभागमा भने मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अहिले विहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

राति देशको पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भुभागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना पनि रहेको महाशखाले जनाएको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलब १ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २४ डिग्री सेल्सियससम्म पुग्नसक्ने महाशाखाको अनुमान छ ।