फिकुरीको हिउँमा पत्रकार सिलवालको नयाँ पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन

918
views

काठमाण्डौ १९,फागुन । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको नयाँ पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन भएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका फिकुरीमा रहेको ३४६० मिटर उचाइको भेडीखर्कमा पुस्तकको विमोचन भएको हो । फिकुरी ट्रेकिङ एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहबीचमा पुस्तक विमोचन गरिएको थियो ।

पुस्तकमा महासागरले घेरेको एउटा टापुमा यात्रा गर्दाको अनुभूतिलाई समेटिएको सिलवालले बताउनुभयो । सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्ने अपेक्षा राखिएको रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछनेले बताउनुभयो ।

टुर(ट्रेकिङ गाइड तथा किङ प्रशिक्षक समेत रहनुभएका सिलवालले झण्डै एक हप्ता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटिएको बताउनुभयो ।

‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन भन्ने अपेक्षा छ ’सिलवालले भन्नुभयो ।