युनाईटेड क्लवद्धारा विद्यार्थीलाई पोशाक वितरण

1588
views

गिता राना मगर
पोखरा, १९, फागुन । युनाईटेड क्लवले कास्कीको मौजामा रहेको सरस्वती विरमाया आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रर्वद्धनका लागि चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लवले शिक्षा कार्यक्रम अन्तर्गत पोखरा २० मौजामा रहेको सरस्वती विरमाया आधारभुत विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको हो ।

सो अवसरमा वोल्दै पोखरा महानगर वडा नम्बर २० का अध्यक्ष सिम बहादुर गुरुङले सामाजिक काम गरेर अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले दुरदराजमा अवस्थित विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालय पोशाक वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्दै गुरुङले युनाईटेड क्लवसंग सहकार्य गरेर विकास र सामाजिक काममा समेत अगाडी वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पोखरेलले युनाईटेड क्लवले सामाजिक अभियान अन्तर्गत शिक्षाको कार्यक्रममा आफ्नो विद्यालयलाई छानेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

सो अवसरमा वोल्दै युनाईटेड क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले युनाईटेड क्लवले स्थापना कालदेखीनै सामाजिक काम गर्दै आइरहेको र दशौ वर्षमा आइपुग्दा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी चिडियाखाना निर्माण र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने वताए ।

क्लवका प्रथम उपाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक राजु श्रेष्ठले युनाईटेड क्लवले सरस्वती विरमाया आधारभुत विद्यालय जस्ता दर्जनौ विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण, पोशाक वितरण, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति कोषहरु स्थापना गरिसकेको र उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने वताए । युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका पदाधिकारी तथा शिक्षा उपसमिति तथा कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो ।