स्व. गुरुङको सम्झनामा संग्राहलय र प्रतिष्ठान सञ्चालन

702
views

कास्की, २०, फागुन । कास्कीको माछापुच्छ्रे गाँउपालिका वडानम्बर ९ ईमुका समाजसेवी तथा शिक्षाप्रमी वी स्व. मणीलाल गुरुङको सम्झनामा संग्राहलय र प्रतिष्ठान सञ्चालन ल्याईएको छ । स्व. गुरुङको नाममा बनेको मनिलाल प्रतिष्ठानको कार्यालय र मनिलाल संग्राहलयको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ ।

सोमबार माछापुच्छ्रे गाँउपालिका वडानम्बर ९ ईमु गुरुङकै जन्मघरमा एक कार्यक्रममा बिच उहाँले प्रतिष्ठान र संग्राहलयकोे उद्घाटन गर्नुभएको हो । कास्कीको माछापुच्छ्रे ९ इमुमा मनिलाल स्मृति प्रतिष्ठान एवं संग्राहालयको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले देश बनाउन चाहने नेताले देश चिन्नुपर्ने बताउनुभयो । देश घुम्नुपर्छ, कहाँ खेति हुन्छ, कहाँ उद्योग हुन्छ थाहा पाउनुपर्छ उहाँले स्थानीयलाई आग्रह, गरे, यहाँ कृषि र पर्यटनको विकास गर्न सकिन्छ, त्यता लाग्नुस्, हामी सहयोग गर्छौ ।’

प्रदेश सरकारले आगामी बर्षको बजेटमा गरिबीको रेखामुनि रहेका नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम ल्याउने समेत उनले बताउ । हाम्रो प्रदेशमा ८३ हजार घर गरिबीको रेखामुनि छ, मुख्यमन्त्री गुरुङले भन्नुभयो, उनीहरुलाई स्वास्थ्य बिमा मार्फत एक लाख रुपैयाँसम्मको निशुल्क उपचारको व्यवस्था मिलाउँछौं ।’

पञ्चायतकालमा घलेल फेंदी गाउँ पञ्चायतमा दुई पटक प्रधानपञ्च बनेका मनिलाल गुरुङले त्यस क्षेत्रमा सामाजिक, शौक्षिक जागरण र विकासका अभियान चलाएको भन्दै उहाँले प्रतिष्ठानले उनका सपना पुरा गर्न सुझाव दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष रामहरी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । पूर्व प्रधानपञ्च मनिलाल गुरुङका बारेमा प्रतिष्ठानका सल्लाहकार दीपक गुरुङले जानकारी राख्नुभएको थियो ।

प्रतिष्ठानले गुरुङको सपनालाई साकार पार्न राज्यलाई सहयोग पुग्नेगरी जनशक्ति उत्पादनमा सहयोग गर्ने र त्यसका लागि प्रतिष्ठानले कदम चाल्ने मनिलाल प्रतिष्ठानका सचिव पूर्ण बहादुर गुरुङले बताउनुभयो ।

उहाँ ल्वाङघलेलबासीको लागि विकाशको एउटा माध्यम भएकोले उहाँको सम्झनामा स्व. गुरुङको छोराहरुको आर्थिक सहयोगमा प्रतिष्ठान र संग्राहलय सञ्चालनमा ल्याईएको स्व. गुरुङका छोरा तेज बहादुर गुरुङले बताउनुभयो । स्व. गुरुङ साविकको ल्वाङघलेल गा.बि.स.को बिकाशको मेरुदण्ड रहेको उहाँको भनाई छ । सिदिङ्ग, ल्वाङ, घलेल, सैदीघट्ट जस्ता गाँउहरुमा बिद्यालय खुलाउन उहाँको धेरै ठुलो योगदान रहेको स्थानिय टेकबहादुर श्रेष्ठले बताउनुभयो । गाँउमा बाटो पुर्याउनेदेखि झोलुङ्गे पुल बनाउनमा अतुलनिय योगदान रहेको श्रेष्ठले बताउनुभयो ।

गाँउका बिकाशका संवाहक स्व. मनिलाल गुरुङको सम्झनामा २०७५ भदौमा स्थापना गरेको प्रतिष्ठानले विभिन्न बिद्यालयमा न्यानो कपडा र स्टेशनरीको सामान वितरण गरिसकेको प्रतिष्ठानको सचिव पूर्ण बहादुर गुरुङले बताउनुभयो । आगामी दिनमा अझै यस्ता काम गर्दै जाने बताउदै उहाँले स्व. गुरुङकै घरमा संग्राहलय बनाएर पर्यटन प्रवद्धनमा सहयोग गर्न लागेको पनि बताउनुभयो । संग्राहलयमा उहाँले प्रयोग गर्ने सामानहरुलाई राखिएको छ । मार्दी हिमाल ट्रेक र माछापुच्छ्रे ट्रेक जाने बाटो पनि त्यही भएकोले पर्यटकहरु संग्राहलय अवलोकन गरेर जान सक्ने उहाँको भनाई छ । संग्राहलय अहिले निर्माणाधिन अवस्थामा भएकोले पछी विभिन्न जातजातीहरुको भेषभुषा तथा रितिरिवाज र संस्कति झल्कने सामाग्री थप्दै लगिने योजना रहेको गुरुङले जानकारी दिनुभयो ।

बिषेशगरी पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने र स्व. गुरुङको कामहरुलाई जिवन्त तुल्याउदै निरन्तरता दिने उद्धेश्यले प्रतिष्ठान स्थापना गरेको उहाँले बताउनुभयो । ल्वाङघलेल क्षेत्रमा गुरुङको कामका सम्झनामा गौरीशंकर मनिलाल मा.बि नामाकरण गरिसकिएको प्रतिष्ठानका सदस्य राम गुरुङले जानकारी दिनुभयो । उहाँको कामको सम्मानको लागि हेम्जा मिलनचोक देखि माछापुच्छ्रे गाँउपालिका लुम्रेसम्मको सडकको नाम पनि मनिलाल मार्ग राखिने उहाँले जानकारी दिनुभयो ।

वि.स १९७७ मंसिर १७ गते कास्कीको कास्कीको माछापुच्छ्रे गाँउपालिका वडानम्बर ९ ईमुमा जन्मनुभएका गुरुङको २०६२ फागुन २७ गते निधन भएको थियो । साविकको ल्वाङघलेल पञ्चायतमा उहालेँ लामो समय प्रधानपञ्च भएर काम गर्नुभएको थियो ।