एक लाख बढी रुपैयाँसहित दाङमा ७ जना जुवाडे पक्राउ

424
views

दाङ २०,  फागुन ।  दाङमा एक लाख बढी रुपैयाँसहित ७ जना जुवाडे पक्राउ परेका छन्।

दाङको शान्तिनगर गाउँपालिका ३ महादेव चौतारी बस्ने ४० वर्षीय शुकबहादुर बुढाको घरमा सोमबार राति ११ बजेतिर प्रहरीले छापा मारी ७ जना जुवाडे र १ लाख १६५०० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुढाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको सयुंक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएपी सुमित खड्काले बताए।

पक्राउ पर्नेहरूमा महादेव चौतारी बस्ने घर मालिक बुढासहित सोही ठाउँ बस्ने ३८ वर्षीय भिमबहादुर कँडेल, २६ वर्षीय मिनबहादुर घिमिरे, ४६ वर्षीय चेतानन्द बस्नेत, ३२ बसन्त थापा, ३० वर्षीय यमबहादुर केसी र तुलसीपुर ८ बस्ने ३८ वर्षीय प्रेम बिक रहेका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।