अन्तराष्ट्रिय उडान रोक लगाउन सर्वोच्चको आदेश

509
views

सर्वोच्च अदालतले कोभिड (१९ (कोरोना भाइरस) बाट जोगिनका लागि आवश्यक परेमा त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन सरकारका नाममा आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार यस्तो आदेश दिएको हो । सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई भनेको हो ।

कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसबाट फैलिन सक्ने महामारी जस्तो विपद् जोखिमको न्यूनीकरणका निम्ति विपद्पूर्वको जोखिमको विश्लेषण, विपद् रोकथाम र क्षतिको न्यूनीकरणका लागि पूर्वतयारीका कामहरु गरिनसकेको भए तत्काल गरी र गर्न लगाइ संक्रमण फैलिए विपद् प्रतिकार्य र व्यवस्थापन कार्यहरु प्रभावकारी बनाउनू, सर्वोच्चको आदेशमा भनिएको छ, देशको उत्तर र अन्य सीमाबाट तथा त्रिभुवन विमानस्थलबाट प्रवेश गर्नेहरुमाथि दक्ष जनशक्ति खटाइ कडा निगरानी गर्नू, आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडामा रोक लगाउनू, सर्वोच्चले पाँचवटा देशको नाम नै लिएर ती देशबाट नेपाल आउने नागरिकहरुमाथि कडा स्वास्थ्य निगरानी गर्न पनि भनेको छ ।

अधिवक्ता पूर्ण राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध हालेको रिटमा सर्वोच्चले यस्दो आदेश गरेको हो ।