मिर्गौलापीडित कुसुमको उपचारका लागि आर्थिक संकलन जारी

922
views

पर्वत, २२, फागुन । दुवै मिर्गौलापीडित मोदी गाउँपालिका वडा नं ४ साविक पर्वत क्याङ गाविस वडा नं ९ की २४ बर्षिय कुसुम पुन मगरलाई आर्थिक सहयोग जुटेको छ । नवदृष्टि डटकम अनलाईनले दुवै मिर्गौलापीडित कुसुम पुनको उपचारका लागि थालेको आर्थिक संकलन अभियानमा कुश्मा नगरपालिकाले २० हजार रुपैयाँ, फलेवास नगरपालिकाले १० हजार र जलजला गाउँपालिकाले १० हजार रुपैयाँ सहयोग गरेको छ ।

आर्थिक संकलन अभियानकै क्रममा विभिन्न सरकारी कार्यालय तथा महानुभावहरुबाट सहयोग संकलन भैरहेको छ । यसैबीच कुश्मा नगरपालिका–८ घर भई हाल अमेरिकामा रहेका अर्जुन क्षेत्रीले जेष्ठ सुपुत्र अनुज क्षेत्रीको जन्मदिनको अवसरमा दुवै मिर्गौलापीडित कुसुम पुन मगरको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । अर्जुन क्षेत्री नेपाल पत्रकार महासंघ पर्वतका साधारण सदस्य हुन ।

आर्थिक अवस्था निकै कमजोर रहेकी कुसुम पुन मगर परिवारले उपचारका लागि सहयोग गरिदिनुहुनका लागि स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई दिदिवहिनीहरुलाई अपिल गरेका छन ।

कुसुमको उपचारका लागि सरकारी तथा गैरसरकारी निकायका साथै विभिन्न महानुभावहरुले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ ।

कुसुम परिवारले आर्थिक सहयोग गर्न चाहानुहुने महानुभावरुका लागि कुश्मा नगरपालिकामा रहेको मेगा बैंकको कुसुम पुन मगरको नाममा रहेको ०४८००५००३६२७३ खाता नं मा सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।

साथै आर्थिक सहयोग दिने क्रम जारी रहेकोले नवदृष्टि डटकम अनलाईन वा कुसुम पुन मगरका श्रीमान भिम वहादुर पुन मगरको सम्पर्क नम्बर ९८०५१३४३२४ मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।

२४ बर्षिय कुसुम पुन मगर बल बहादुर पुन मगरकी बुहारी, दिलप्रसाद पुर्जा पुनकी छोरी भिम बहादुर पुन मगरकी श्रीमती हुन । कुसुमको उपचार हाल नर्भिक अस्पताल काठमाडौंमा भैरहेको छ ।