भोली शैक्षिक हडताल, पठनपाठन बन्द गर्नु–दाहाल

4337
views

काठमाडौं, २२, फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले भोली २३ गते शुक्रबार देशैभरका विद्यालयहरुमा आम हडतालको घोषणा गरेको छ ।

अखिल (क्रान्तिकारी) का महासचिव पेशल दाहालले प्रेस वक्तव्य जारी गर्दै भोली २३ गते आम शैक्षिक आम हडतालको घोषणा गरिएको जानकारी दिए ।

महासचिव दाहालद्वारा जारी विज्ञप्तीमा राष्ट्रियता, जनतन्त्र र जनजिविका संकटमा परेको, भ्रष्टाचार, कालोबजारी, महंगी, कमिसनतन्त्र राष्ट्रिय समस्या बनेर आएको बताउँदै एमसीसी खारेजी, लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नक्सा जारी गर्नुपर्ने लगायत पेट्रोलियम पदार्थमा लगाउन खोजिएको १० प्रतिशत विकास करको खारेजीको माग राख्दै शैक्षिक आम हडताल गरिएको जनाइएको छ ।

विज्ञप्तीमा विद्यार्थी जागरण तथा संगठन विस्तारको अभियानमा सहभागी हुने क्रममा किड्स बुढानिलकण्ठबाट गिरफ्तार गरिएका संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको भन्दै तत्काल रिहाईको माग गर्दै शैक्षिक हडतालको घोषणा गरिएको जनाइएको छ ।

भोलि २३ गतेको शैक्षिक आम हडतालका विषयमा नवदृष्टिसँग कुराकानी गर्दै महासचिव पेशल दाहालले बर्तमान सरकार राष्ट्रियताको सवालमा खेलवाड गरिरहेको अवस्थामा त्यसको विरोध गर्दा, विद्यार्थी नेताहरुलाई गिरफ्तार गरी फसाउन खोजिएको र सरकारले गरेको देशको अहित हुने निर्णयप्रति शैक्षिक आम हडतालको गरिएको बताए ।