स्याङ्जामा बोक्सी भन्दै कुटपिट गर्ने महिला पक्राउ

586
views

स्याङ्जा २७,  फागुन ।   बोक्सीको आरोपमा अगरबत्ती मुखमा हाल्दै कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चापाकोट नगरपालिकाकी ३४ वर्षीया झाँक्री सोममाया रानालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार उनले एक महिलालाई बोक्सीको आरोपमा अगरबत्तीको आगो मुखमा हाल्दै कुटपिट गरेकी थिइन्। वालिङ नगरपालिका(८ कटहरेबोटकी ५५ वर्षीया वृद्धामाथि रानाले कुटपिट गरेकी हुन्।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कुटपिटबाट घाइते भएकी वृद्धाले सोमबार वडा प्रहरी कार्यालय वालिङमा जाहेरी दिएकी थिइन्।

उनलाई बोक्सीको आरोपसम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।