टटनहम हर्सपरको च्याम्पियन्स लिगको यात्रा सकियो

608
views

काठमाडौं, २८, फागुन । टटनहम हर्सपरको च्याम्पियन्स लिगको यात्रा सकिएको छ । आर बी लैप्जिगसँग ३–० को हार बेहोरेपछि ऊ च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

प्रि क्वार्टर फाइनलको दोस्रो लिग खेलमा जितसँगै आर बी लैप्जिग भने क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लिगमा टटनहम घरेलु मैदानमा १–० ले पछि परेको थियो । लैप्जिगको जितमा मार्शल सबित्जरले दुई गोल गर्नुभयो । एमिल फर्सबर्गले गोल थप्दै लैप्जिगको टटनहममाथिको अन्तर ३–० पुर्याउनुभयो ।

खेलको सुरुवातमै लैप्जिगका लागि मार्शल सबित्जरले गोल गर्नुहुँदै खेलमा १–० को अग्रता दिलाउनुभयो । उहाँले १० औं मिनेटमा गर्नुभएको प्रहार गोलमा परिण भएको थियो । लगत्तै २१ औं मिनेटमा सबित्जरले गर्नुभएको अर्को प्रयास पनि सफल भएपछि लैप्जिगले टटनहममाथि पहिलो हाफको पूर्वाद्धमै २–० को अग्रता कायम गर्यो । सबित्जरले गर्नुभएको दुबै प्रहार टटनहमका गोलरक्षक हयूगो लोरिसको हातमा आएपनि उहाँले नियन्त्रणमा राख्न सक्नुभएन ।

८७ औं मिनेटमा फर्सवर्गले गोल थप्नुभयो । उहाँको गोलसँगै आर बी लैप्जिगले टटनहममाथि ४–० को जित हासिल गर्यो । एजेन्सी