बाँस्कोटाको घरमा भएको बम विष्फोटको निन्दा

925
views

काठमाडौं, २८, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वमन्त्री गोकुल बाँस्कोटा निवास भक्तपुरमा भएको बम विष्फोट घटनाको निन्दा गरेका छन् ।

अध्यक्ष दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका सांसद तथा पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरस्थित निवासमा भएको बम विष्फोटको घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिइ कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन ।

बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।