विष्फोट जुहारी : सत्तारुढ नेकपा भन्छ ‘आतंककारी’, प्रतिवन्धित नेकपा भन्छ ‘भ्रष्टाचारी’

933
views

काठमाडौं, २८, फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विष्फोट काण्डपछि सत्तारुढ नेकपा र प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच जुहारी चलेको छ ।

भक्तपुरस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको बास्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको थियो । विष्फोटपछि विज्ञप्ती जारी गर्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको मध्यपुर नगरपालिका वडा नं १ लोकन्थली स्थित नीजि निवासमा आतंककारी समुहले ककुर बम प्रहार गराएर क्षति पुर्याएको भन्दै कडा कार्वाहीको माग गरेका छन ।

यता घटनास्थलमा प्रतिवन्धित विप्लव नेकपाको नाममा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा नामुद भ्रष्टाचारी रहेको १० भ्रष्टाचारको आरोप सहित कार्वाही गरिएको पर्चा भेटिएको छ ।

उक्त बम विष्फोटबाट बाँस्कोटाको घरमा केही क्षति पुगेको छ । घरमा बन्दै गरेको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेको प्रहरीले जनाएको छ । त्यस्तै, विस्फोटस्थल नजिकै रहेको मारुती कारमा समेत क्षतिपुगेको जनाइएको छ ।