डब्लुएचओले गर्यो कोरोनालाई महामारीको घोषणा

551
views

एजेन्सी, २९, फागुन । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले विश्वव्यापी महामारीको घोषणा गरेको छ । डब्लुएचओले भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह पनि गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले भाइरसको रोकथामको लागि सचेत हुन विश्व समुदायलाई आग्रह गरे । उनले नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत आग्रह गरेका छन् ।

डब्लुएचओले नियन्त्रण प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्न समेत आग्रह गरेको छ । अहिलेसम्म कोरोनाको संक्रमण विश्वका १ सय २० धेरै देशहरुमा फैलिइसकेको छ ।

त्यस्तै ४ हजार ६ सय १६ जनाको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । तिमध्ये ३ हजार १ सय ५८ चिनका र १ हजार ४ सय ५८ अन्य मुलुकका छन् । भाईरसवाट हालसम्म १ लाख २६ हजार १ सय २१ संक्रमित भएका छन् ।