नवनिर्वाचित दलित जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम

799
views

महेन्द्र जिसी
पर्वत, २७ जेठ । कुश्मानगरपालिकाका नवनिर्वाचित दलित जनप्रतिनीधिहरुलाई क्षमता विकास तालिममा दिइएको छ । दलित लक्षित कार्यक्रमबाट सञ्चालित नवनिर्वाचित दलित जनप्रतिनिधिहरुलाई क्षमता विकास तथा शसक्तिकरण तालिम दिइएको हो । आ.व. ०७३÷०७४ को दलित लक्षित कार्यक्रम अनुसार तालिमको आयोजा गरिएको जनाइएको छ । तीनदिनसम्म सञ्चालित तालिममा स्थानीय तहमा संविधानले प्रत्यायोजन गरेको अधिकार, काम कर्तव्य लगायतका विषयमा प्रशिक्षण गराइएको थियो ।
तालिममा जनप्रतिनिधि भनेको के हो ? उनिहरुको स्थानीय तहमा कस्तो भुमिका हुन्छ ? लगायतका विषयमा जानकारी गराइएको थियो । १४ वटै वडाबाट निर्वाचीत दलित जनप्रतिनीधिलाई तालिम दिइएको हो । तालिमका अध्यक्ष तथा नगरस्तरीय दलित सञ्जाल अध्यक्ष दुर्गा नेपालीले तीन दिनसम्म सञ्चालित तालिममा स्थानीय तह तथा वडाको भुमिकाको बारेमा प्रशिक्षण गराइएको बताउनुभयो ।
तालिममा वडा सममिति गठन, स्थानीय कानुन प्रदेश कानुन, वडा समितिले प्रमाणित गर्नुपर्ने कागजात, योजना सिफारीस, गाउँपालिकाका वडा सदस्यहरुको काम कर्तव्य अधिकार तथा प्रमुखको काम कर्तव्य र अधिकार लगायतका बारेमा जानकारी गराइएको छ । । उक्त तालिमको प्रशिक्षण दलित अधिकारकर्मी एवं संविधान सभा सचिवालय सदस्य उदवीर नेपालीले सहजिकरण गर्नुभएको थियो । तालिममा १४ वडाका दलित सञ्चाल प्रतिनिधि एवं १४ वाडा बाट निर्वाचीत हुनु भएका दलित जन प्रतिनिधिहरुको सहभागिता रहेको हो ।