कोरोना त्रास : ४ सय बढीको परिक्षण, १ मा पोजेटिभ

1249
views

काठमाडौँ, २९, फागुन । नेपालमा अहिलेसम्म एकजनामा मात्रै कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको र उनीपनि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोनाको आशंकामा नमुना परीक्षण गराइएका ४ सय ५० मध्ये हालसम्म १ जनामा मात्रै पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सरकारले कोरोनाको आशंकामा हाल ६ जनालाई आइसोलेसनमा राखेको जनाएको छ । ति मध्ये ४ जनालाई टेकु र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यस्तै, सिभिल अस्पतलबाट पनि कोरोनाको आशंकमा एक जना बिरामीको नमुना आएको तर परीक्षण भइनसकेको आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा कोरोनाको विषयमा सरकार गम्भीर रहेको पूर्व तयारीका लागि रणनीतिहरू बनाएर अघि बढिरहेको जानकारी दिइएको थियो ।