घरेलु मदिरा सेवनले पाँच जनाको मृत्यु

464
views

जनकपुरधाम, ३०, फागुन । धनुषामा घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेको र सोही मदिराका कारण पाँचै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

मृतकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ ।